काठमाडौं । काठमाडौं क्षेत्र नम्बर एक मा काँग्रेसका नेता बाबुराम आचार्यले बागी उम्मेदवारी दिएका छन् । सभापति गगन थापाले आफ्ना आसे-पासेलाई मात्रै टिकट दिएको भन्दै नेता आचार्यले बागी उम्मेदवारी दिएका हुन् ।
विगत २५ वर्षदेखि नेपाली काँग्रेस पार्टीमा रहेका आचार्यलाई प्रभावशाली र भिजनरी नेताको रुपमा जनताले बुझदै आएका छन् । काठमाडौं क्षेत्र नम्बर एकका जनताले पनि उनै आचार्यलाई उम्मेदवारीको रुपमा देख्न चाहन्छन् । तर, सभापति थापाले भने उनलाई टिकट दिएनन् । चुनाव जित्ने निश्चित हुँदाहुँदै पनि उनलाई टिकट नदिएकोमा आचार्यले दुख व्यक्त गरेका छन् ।
उनका अनुसार सभापति थापाले राइट मेन राइट प्लेस गराउन चुकेका छन् । थापाले पैसावाल र आफ्ना आसेपासेलाई टिकट दिएको आचार्यको भनाई छ । उनले भने, 'मलाई प्रकाश मान सिंह, सेर बहादुर देउवाले पनि काठमाडौं एकमा टिकट दिने बाचा गर्नु भएको थियो । तर, नेतृत्व परिवर्तन सँगै मैले टिकट पाइन । खासगरी मसँग पैसा पनि छैन र नेताको घरमा धाउने बानी पनि छैन । त्यही भएर सभापति गगन थापाले मलाई टिकट दिनु भएन ।
आचार्य विगत २५ वर्षदेखि काठमाडौंको बानेश्वर क्षेत्रमा बस्दै आएका व्यक्ति हुन् । एक नम्बर क्षेत्रका जनतासँग घुलमिल भएका व्यक्ति हुन् । यस अघि २०७४ र २०७९ को निर्वाचनमा प्रकाशमान सिंहलाई चुनाव जिताउन आचार्यको ठूलो भुमिका रहेको थियो । ति निर्वाचनहरूमा गगन थापालाई जिताउन पनि उनको ठूलो हात रहेको थियो ।
४६ हजार बढी मतदाता रहेको यस क्षेत्रमा आफूले सर्वाधिक मतले विजयी आचार्यको दाबी छ । २०७४ मा प्रकाशमानले १० हजार बढी मत ल्याएका थिए भने २०७९ मा ७ हजार बढी मत ल्याएका थिए । यस पटक सो भन्दा बढी मत ल्याउने दाबी आचार्यको छ ।
आर्थिकन्यूज