काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुपरमाई हाईड्रोपावर लिमिटेडबीच शेयर रजिष्ट्रार र धितोपत्र कारोबारसम्बन्धी सेवा प्रदान गर्न सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटल लिमिटेडले सुपरमाई हाईड्रोपावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला/खारेज, नामसारी, शेयर टुक्र्याउने, शेयरवालाको लगत अद्यावधिक गर्ने लगायत सम्पूर्ण रजिष्ट्रार सेवा प्रदान गर्नेछ।
सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र सुपरमाई हाईड्रोपावरका प्रमुख कार्यकारी अधिकृत रवि पौडेलले हस्ताक्षर गरेका हुन्।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो र पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित मर्चेन्ट बैंकिङ सेवा, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार तथा सामूहिक लगानी कोष सेवा प्रदान गर्दै आएको छ।
यस सम्झौतासँगै सुपरमाई हाईड्रोपावरले आफ्नो धितोपत्र कारोबारलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्ने विश्वास लिएको छ।
आर्थिकन्यूज