काठमाडौं । धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिएको चर्चा चल्यो । तर, त्यो केवल चर्चा मात्रै थियो । त्यसको वास्तविकता भने फरक छ ।
तामाङको सचिवालयका अनुसार उनले उम्मेदवारी फिर्ता लिएकी छैनन् । सचिवालय सदस्य दिनेश रुपाखेती अनुसार अहिले आशिका धादिङमै चुनाव प्रचारप्रसारमा खटिएकी छन् ।
तामाङले जर्मनीबाट पीआर लिएको चर्च चलेसँगै उम्मेदवारी फिर्ताको चर्चा पनि चलेको थियो । रुपाखेतीका अनुसार आशिकाले जर्मनबाट पीआर लिएको कुरा झुटो हो। यसैबिच उम्मेदवारी फिर्ता लिएको विषयमा भने आशिकाले निर्वाचन कार्यालयमा नै पुगेर स्पष्टीकरण दिएकी छन् । आफ्नो भाइले झुक्किएर उम्मेदवारी फिर्ता लिएको ईमेल पठाइदिएको उनले निर्वाचित अधिकृत सामु बताएकी छिन् ।
आर्थिकन्यूज