शीर्षकहरू

नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

बिर्तामोड । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका अभिकर्ताहरुलाई लक्षित गरी सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भयो।

आर्थिक वर्ष २०८१-८२ मा तोकिएको बीमाशुल्क संकलन पुरा गरी योग्य भएका ३०० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख र शाखा कार्यालयका प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। समारोह पानस प्रज्वलन गरी शुभारम्भ गरिएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब सदस्यता वितरण गर्दै, आफ्नै क्षेत्रबाट प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त अभिकर्ताहरुलाई विशेष सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

साथै, कम्पनीले नेशनल अवार्ड योजना अन्तर्गत योग्य अभिकर्ताहरुलाई पनि सम्मान गरेको थियो। नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाइफको लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट पुरस्कृत गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदबाट प्राप्त मोटिभेसनल तालिमले थप उर्जा र उत्साह दिएको बताएका छन्। अभिकर्ताहरूले आफ्नै क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए।

प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य अभिकर्ताहरुलाई प्रदेशस्तरीय रुपमा सम्मान गर्ने परम्परा जारी रहने र नेपालभरि १६०० भन्दा बढी अभिकर्ता छनौट हुने योजना अत्यन्त सफल भएको बताएका छन्।