शीर्षकहरू

२०२५ मा ५६ ब्राण्डका करिब १४ हजार युनिट कार आयात, ४ कम्पनीको हिस्सा ५० प्रतिशत

२०२५ मा ५६ ब्राण्डका करिब १४ हजार युनिट कार आयात, ४ कम्पनीको हिस्सा ५० प्रतिशत

काठमाडौं । सन् २०२५ मा १३ हजार बढी युनिट प्यासेन्जर कार (ट्याक्सी बाहेक) आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार २०२५ को जनवरी देखि डिसेम्बर अन्त्यसम्म १३ हजार ८६४ युनिट प्यासेन्जर कार नेपाल आयात भएका हुन् ।

जसमध्ये बीवाईडी र हुण्डाई ब्राण्डका कार सबैभन्दा धेरै आयात भएको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार बीवाईडी ब्राण्डको २ हजार ७४६ युनिट कार भित्रदाँ हुण्डाईको २ हजार ४ युनिट कार भित्रिएका छन् । नेपाल भित्रिएको कुल कारको १९.८१ प्रतिशत हिस्सा बीवाईडीको रहेको छ भने १४.४५ प्रतिशत हुण्डाईको रहेको छ । 

null४ ब्राण्डले प्यासेन्जर कारको ५० प्रतिशत बढी बजार हिस्सा ओगटेका छन् । बीवाईडी, हुण्डाई, टाटा र एमजीले ५१.४२ प्रतिशत हिस्सा ओगटेका हुन् । जहाँ २०२५ मा टाटाको १ हजार २१८ युनिट र एमजीको १ हजार १६० युनिट कार आयात भएका छन् । प्रतिशतका आधारमा टाटाको हिस्सा ८.७९ र एमजीको ८.३७ प्रतिशत रहेको छ । 

यसैगरी, मारुतीको १ हजार ५८ युनिट आयात हुँदा ७.६३ प्रतिशत हिस्सा रहेको छ भने ८८१ युनिट आयात भएको डोङफेङले ६.३५ प्रतिशत हिस्सा ओगटेको छ । दिपल ६८१ युनिट तथा ४.९१ प्रतिशत, किया ६३४ युनिट तथा ४.५७, लिप मोटर ३७८ युनिट तथा २.७३ प्रतिशत, ओमोडा ३०९ युनिट तथा २.४१ प्रतिशत र जेइकाको ३०९ युनिट आयात हुँदा २.२३ प्रतिशत हिस्सा ओगटेको छ । 

काइले १.९५, निसानले १.८५, प्रोटोनले १.८२, महिन्द्रले १.५९, जीएसीले १.४५, टोयोटाले १.४१ र सिट्रोनले ०.७२ प्रतिशत ओगटेको छ । 

nullयो अवधिमा ५६ ब्राण्डका कार नेपाल भित्रिएका छन् । जसमध्ये १५ ब्राण्डले १० युनिट भन्दा कम आयात गरेका छन् । म्याक्सस, सिनोगोल्ड, चङगान, बैम्ल, बोमा, होर्नी, अडी, जुनीया, होएन, एलएसअटो, वीलीङ, माज्दा, सुबुरु, पोर्सची र जीप ब्राण्डका कार १० युनिट भन्दा कम दरमा आयातभएका हुन् ।

यसैगरी, १०० युनिट वा सोभन्दा धेरै आयात हुनेमा १८ वटा ब्राण्ड रहेका छन् । ५० युनिटभन्दा कम आयात हुनेमा ३२ ब्राण्ड रहेका छन् ।

 null