शीर्षकहरू

पिपुल्स हाइड्रोले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर दोस्रो बजारबाट बिक्री गर्ने

पिपुल्स हाइड्रोले अपर हेवाखोलाको ५ लाख कित्ता सेयर दोस्रो बजारबाट बिक्री गर्ने

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ।

कम्पनीले आज सार्वजनिक सूचना जारी गर्दै उक्त सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको जानकारी दिएको हो।

सूचनाअनुसार कम्पनीलाई तत्काल रकमको आवश्यकता परेकाले आफ्नो स्वामित्वमा रहेको अपर हेवाखोला हाइड्रोपावरको सेयर आवश्यक तथा औचित्यका आधारमा बिक्री गर्न लागिएको जनाएको छ। उक्त सेयर कारोबार नियमित सेयर बजारमार्फत गरिनेछ।

कम्पनीले सेयर बिक्रीसम्बन्धी प्रक्रिया बजारको अवस्थालाई ध्यानमा राखी अघि बढाइने पनि स्पष्ट पारेको छ।