काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतका २१ लाख ७१ हजार ९३५ कित्ता शेयर सिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्रीमा राखिएको छ।
उक्त शेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ। लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीसहित प्रचलित कानुनअनुसार योग्य व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।
इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल काठमाडौंमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
कम्पनीका अनुसार सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्र स्वतः अमान्य हुनेछन् भने लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार बिक्री प्रबन्धकमा निहित रहनेछ।
आर्थिकन्यूज