काठमाडौं। मंगलबार लगानीकर्ताले नाफा बुकिङ गरेसँगै नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा झरेको छ। बजारका १२ मध्ये १३ उपसमूहमध्ये १२ उपसमूहले गिरावट देखाएको छ भने वित्त उपसमूह सर्वाधिक २.४४ प्रतिशत घटेको छ।
अघिल्लो दिन सामान्य अंक घटेको बजारमा यस दिन पनि लगानीकर्ताले नाफा बुकिङ गरेको देखिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ७.३७ अंक, फ्लोट इण्डेक्स ३.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूह स्थिर रहेको छ। वित्त उपसमूह सर्वाधिक २.४४ प्रतिशत घटेको छ। बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकम पनि घटेको देखिएको छ। ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार कित्ता सेयर १ लाख ४२ हजार ४७६ पटक कारोबार भई १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.५६ प्रतिशतले सर्वाधिक बढेको छ भने दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको शेयरमूल्य करिब ८.५ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.५ प्रतिशतले बढेको छ। ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ६.९३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेर ५७ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। यससँगै एसवाई प्यानल नेपालको ५७ करोडभन्दा बढी र आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आर्थिकन्यूज