शीर्षकहरू

६ महिनामा निर्जीवन बीमाको व्यापार २४ अर्ब बढी, शिखर र प्रोटेक्टिभ शिखरमा(सूचीसहित)

६ महिनामा निर्जीवन बीमाको व्यापार २४ अर्ब बढी, शिखर र प्रोटेक्टिभ शिखरमा(सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब बढीको व्यापार गरेको छन् । चालु आवको पौष अन्त्यसम्म निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ३० करोड रुपैयाँ बढीको व्यापार गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार सबैभन्दा धेरै व्यापार गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । यस अवधिमा २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ बढीको व्यापार गर्दै शिखर शिखरमा रहन सफल भएको छ । यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) दोस्रो नम्बरमा रहेको छ । जसले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ संकलन गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी तेस्रो र २ अर्ब १९ करोड ६५ लाख संकलन गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी चौथो नम्बरमा रहेको छ । यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ६ कोड ८० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८७ लाख ९० करोड, नेको इन्स्योरेन्सले १ अर्ब ८० करोड २८ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५३ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

लघु कम्पनीहरुले ६२ करोड ६७ लाख र ठूला कम्पनीहरुले २३ अर्ब ६७ लाख रुपैयाँ संकलन गरेका हुन् । ठूला कम्पनीहरुले कुल १४ लाख १९ हजार ५४८ वटा पोलिसि जारी गर्दा लघुले २ लाख ३० हजार ४९३ वटा पोलिसि बिक्री गरेका हुन् । 

nullधेरै पोलिसि जारी गर्नेमा युनाइटेड अजोड अगाडि

यस अवधिमा ठूला निर्जीवन बीमा कमपनीहरुमा सबैभन्दा धेरै पोलिसि जारी गर्नेमा यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनी रहेको छ । यूनाइटेडले २ लाख ७ हजार ५३० वटा पोलिसि जारी गर्दा हिमालयन एभरेष्टले १ लाख ६० हजार ९३१, शिखरले १ लाख ५७ हजार ६०९ वटा पोलिसि जारी गरेको छ । यसैगरी, नेकोले १ लाख ४५ हजार ८८५ र सिद्धार्थ प्रिमियरले १ लाख ३७ हजार ९६६ वटा पोलिसि जारी गरेको छ । 

४ लघु निर्जीवनको व्यापार ६२ करोड ६७ लाख 

यस अवधिमा ४ लघु निर्जीवन कम्पनीहरुले ६२ करोड ६७ लाख रुपैयाँ संकलन गरेका छन् ।  जसमध्ये प्रोटेक्टीभ माइक्रोले १७ करोड ६ लाख, नेपाल माइक्रोले १६ करोड २९ लाख, ट्रस्ट माइक्रोले १५ करोड ५९ लाख र स्टार माइक्रोले १३ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ । 

nullलघु कम्पनीले कुल २ लाख ३० हजार ४९३ वटा पोलिसि जारी गरेका छन् । जसमध्ये प्रोटेक्टीभले ६६ हजार २५६, स्टारले ५९ हजार ९४१ , नेपालले ५८ हजार २९९ र ट्रस्टले ४५ हजार ९९७ वटा पोलिसि जारी गरेको छ ।

 null