शीर्षकहरू

रेसिङ अटोमोबाइल्सद्वारा विद्यालयहरूलाई डस्टबिन हस्तान्तरण

रेसिङ अटोमोबाइल्सद्वारा विद्यालयहरूलाई डस्टबिन हस्तान्तरण

• रेसिङ अटोमोबाइल्सद्वारा तीन विद्यालयलाई ३९ थान डस्टबिन सहयोग।

• विद्यालयको सरसफाइ र विद्यार्थीमा स्वच्छता चेतना अभिवृद्धि हुने अपेक्षा।

नुवाकोट । रेसिङ अटोमोबाइल्स प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बेलकोटगढी नगरपालिका–३, नुवाकोटस्थित तीन वटा विद्यालयलाई कक्षाकोठामा प्रयोग हुने ३९ थान डस्टबिन सहयोग प्रदान गरेको छ।

आज आयोजित एक कार्यक्रमका बीच कम्पनीले पोखरी आधारभूत विद्यालय, लक्ष्मेश्वरी माध्यमिक विद्यालय तथा नवज्योति आधारभूत विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। विद्यालय परिसरलाई सफा, स्वच्छ तथा व्यवस्थित बनाउने उद्देश्यले डस्टबिन प्रदान गरिएको कम्पनीले जनाएको छ।

सामग्री ग्रहण गर्दै पोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक सालिकराम पुडासैनी, लक्ष्मेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमान लामा तथा नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मोहनविक्रम पुडासैनीले रेसिङ अटोमोबाइल्स प्रा.लि. प्रति आभार व्यक्त गरे। उनले प्रदान गरिएको डस्टबिनले कक्षाकोठा सफा राख्न तथा विद्यार्थीहरूमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।

प्रधानाध्यापकहरूले कम्पनीका अध्यक्ष रुद्र ढुंगेल तथा सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कार्यहरू अत्यन्त प्रशंसनीय र अनुकरणीय भएको उल्लेख गरे।

कार्यक्रममा सहभागी हुँदै रेसिङ अटोमोबाइल्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीण लामिछाने तथा अध्यक्ष रुद्र ढुंगेलले यो सहयोग कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility – CSR) अन्तर्गत गरिएको बताए। उनीहरूले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

रेसिङ अटोमोबाइल्स प्रा.लि. काठमाडौंमा स्थापित एक प्रतिष्ठित अटोमोबाइल व्यवसायिक संस्था हो। यस कम्पनीले विभिन्न ब्रान्डका सवारी साधनहरूको खरिद, बिक्री तथा सट्टापट्टा (Buy, Sell and Exchange) सम्बन्धी कार्य गर्दै आएको छ। व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको यस कम्पनीको योगदान स्थानीय समुदायले सराहना गरेको छ।