काठमाडौं। नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ ।
अनुमगनको क्रममा कैफियत फेला परेपछि विभागले नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको हो ।
विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुमगन गरेको थियो ।
अनुमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ ।
आर्थिकन्यूज