शीर्षकहरू

करिब १० हजारले बढ्यो सुनको भाउ, ३ लाख १९ हजार नजिक

करिब १० हजारले बढ्यो सुनको भाउ, ३ लाख १९ हजार नजिक

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सुनको भाउ तोलाको ९ हजार ५०० रूपैयाँले बढेर ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । 

हिजो मंगलबार एक तोला चाँदीको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । 

यस दिन चाँदीको भाउ पनि ह्वात्तै बढेको छ । आज तोलाको ४३० रूपैयाँले बढेर चाँदीको मूल्य ७ हजार ३०० सय रुपैयाँ पुगेको हो ।