विराटनगर। निक्षेप तथा कर्जा सुरक्षण कोषले विराटनगरस्थित होटेल रत्नामा “कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण” विषयक एक दिने कार्यशाला–गोष्ठी सम्पन्न गरेको छ।
कार्यक्रमको शुरुवातमा कोषका कर्जा विभाग प्रमुख प्रबन्धक विक्रान्त आचार्यले हाल सञ्चालनमा रहेका र नयाँ कर्जा कार्यक्रमहरूको जानकारी प्रस्तुत गरे । सदस्य संस्थाका प्रतिनिधिहरूले उठाएका प्रश्नहरूको जवाफ कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले दिएका थिए भने भविष्यका योजनाबारे पनि जानकारी गराइयो।
साथै, कर्जा विभागका प्रधान सहायक पुष्पा भट्टले नयाँ कर्जा सफ्टवेयरको विवरण प्रस्तुत गरे। सहभागी संस्थाहरूका सुझाव र सल्लाहहरू सहायक अधिकृत आशिष पौडेलले टिपोट गरी आगामी दिनमा सफ्टवेयरमा लागू गरिने जानकारी दिइयो।
कार्यक्रममा कोषका सदस्य संस्था जस्तै एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सपोर्ट लघुवित्त, फरवार्ड लघुवित्त, जीवन विकास लघुवित्त, छिमेक लघुवित्त, ग्लोवल आइएमई लघुवित्त, स्वरोजगार लघुवित्त, मेरो माइक्रोफाइनेस, एनआइसी एशिया लघुवित्त र सुर्योदय वोमी लघुवित्त लगायतका प्रतिनिधिहरू उपस्थित थिए।
कार्यक्रममा कुल ७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कोषले यस वर्ष सवै प्रदेश समेटिने गरी गोष्ठी र संवाद कार्यक्रम सञ्चालन गर्दै वित्तीय बजार सुरक्षण र कर्जा प्रणालीमा सुधार ल्याउने लक्ष्य राखेको छ।
आर्थिकन्यूज