शीर्षकहरू

समृद्धि फाइनान्सले पारित गर्यो  पोखरा फाइनान्ससँगको मर्जर प्रस्ताव

समृद्धि फाइनान्सले पारित गर्यो  पोखरा फाइनान्ससँगको मर्जर प्रस्ताव

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको छ । उक्त सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रस्ताव पारित गरेको छ । साधारण सभामा अध्यक्ष  अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गरे भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले  संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराए थिए ।

 साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेश गरिएकोमा सर्वसम्मतिले पारित भएको छ । त्यसैगरी वार्षिक साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षकमा आरएसएमए एसोसियट्सलाई नियुक्ति गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ ।