काठमाडौं । नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहा नेपालले आफ्नो वार्षिक अफर ‘मायासँग मायाको यात्रा’ पुनः सार्वजनिक गरेको छ। प्रेमबाट सुरु हुने नयाँ जीवनयात्रालाई उत्सवका रूपमा प्रस्तुत गरिएको यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित छ।
अफरअन्तर्गत यामाहाले आकर्षक छुटसहित ६ हजार रुपैयाँसम्मको नगद पुरस्कार (सगुन) प्रदान गर्ने जनाएको छ। यसले नयाँ वैवाहिक जीवन सुरु गर्ने जोडीलाई सुरक्षित र भरपर्दो सवारी साधनमा लगानी गर्न सहज बनाउने कम्पनीको दाबी छ।
यामाहाले भरपर्दो प्रदर्शन, उत्कृष्ट आराम र उन्नत सुरक्षा सुविधासहित जोडीहरूलाई आत्मविश्वासका साथ नयाँ यात्रा सुरु गर्न सहयोग गर्ने लक्ष्य लिएको छ। कम्पनीले सवारी साधन मात्र नभई प्रेमलाई साथ दिने, परिवारको सुरक्षा गर्ने र नयाँ सुरुवातलाई सशक्त बनाउने ब्रान्डको रूपमा आफूलाई पुनः प्रमाणित गरेको जनाएको छ।
आर्थिकन्यूज