शीर्षकहरू

नेप्से करिब २० अंकले घट्यो, आइतबार ९ अर्ब १० करोडको कारोबार

नेप्से करिब २० अंकले घट्यो, आइतबार ९ अर्ब १० करोडको कारोबार

काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक १९.८५ अंकले घटेर २,६९४.२० विन्दुमा बन्द भएको छ। आजको कारोबारले नेप्से परिसूचकमा दबाब देखाएको छ भने होटल, पर्यटन र विकास बैंक समूहमा सबैभन्दा बढी गिरावट आएको छ।

उपसमूहगत सूचकमा व्यापार समूहको परिसूचक ०.५५ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। यसैबीच, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ।

आजको कारोबारमा ३२९ कम्पनीका १ करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको कारोबार १४ अर्ब ५६ करोड रुपैयाँमा रहेको थियो।

आजको कारोबारमा २०१ कम्पनीको मूल्य घटेको छ भने ५० कम्पनीको मूल्य बढेको छ र नौ कम्पनीको मूल्य स्थिर रहेको छ।

मिथिला लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ९.७० प्रतिशतले बढेर प्रतिकित्ता १,५५५ रुपैयाँ पुगेको छ। त्यसैगरी, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ८.१९ प्रतिशतले बढेर प्रतिकित्ता १,५६८ रुपैयाँ ७० पैसा पुगेको छ।

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ र यसको मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १,७७९ रुपैयाँ ४० पैसामा कायम भएको छ। रावा इनर्जीको मूल्य ९.३४ प्रतिशतले घटेर प्रतिकित्ता ७५७ रुपैयाँमा बन्द भएको छ।

कारोबारको हिसाब अनुसार आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३२६ रुपैयाँमा ५५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। दोस्रो सबैभन्दा बढी कारोबार एसवाई प्यानलमा भएको छ, जहाँ ५३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

null