बनेपा। प्रिमियम टायल उत्पादनमा अग्रणी कजारियाले बनेपामा नयाँ विशेष शोरूम उद्घाटन गर्दै मध्य नेपालमा आफ्नो उपस्थितिलाई विस्तार गरेको छ। मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित उक्त शोरूम शनिबार माघ १७, २०८२ मा औपचारिक रूपमा सञ्चालनमा आएको हो।
उद्घाटन कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि र स्थानीय ग्राहकहरूको सहभागिता रहेको थियो। कजारियाका बिक्री प्रतिनिधिहरूले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए। कम्पनीका अनुसार बनेपा तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई लक्षित गर्दै शोरूम सञ्चालनमा ल्याइएको हो।
रणनीतिक रूपमा बनेपामा स्थापना गरिएको शोरूममा आवासीय, व्यवसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त कजारियाका प्रिमियम टायलहरूको आकर्षक प्रदर्शन गरिएको छ। ग्राहकहरूले आधुनिक र सहज वातावरणमा विभिन्न डिजाइनका टायल अवलोकन तथा छनोट गर्न सक्नेछन्।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको अत्याधुनिक टायल उत्पादन उद्योगमार्फत ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ। हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूममार्फत आफ्ना उत्पादन वितरण गरिरहेको छ।
बनेपामा नयाँ शोरूम सञ्चालनसँगै कजारियाले देशभर विश्वस्तरीय टायल समाधान सहज रूपमा उपलब्ध गराउने लक्ष्यलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
आर्थिकन्यूज