शीर्षकहरू

सिद्धार्थ बैंक सम्मानित

सिद्धार्थ बैंक सम्मानित

 काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले “Awards for Corporate Excellence 2025-Commercial Banking Category” अवार्ड प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपाल प्रालले वार्षिक रुपमा आयोजना गर्ने अवार्ड समारोहमा बैंकलाई मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको हो।

माघ १६ गते सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले अवार्ड ग्रहण गरे। बैंकले यो उपाधिले आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धता अझ मजबुत बनाउने र आगामी दिनमा अझ व्यवस्थित सेवा प्रवाह गर्न प्रेरणा दिने जनाएको छ।

यस अवसरमा बैंकले निरन्तर सहयोगका लागि आफ्ना ग्राहक, सरोकारवालाहरू तथा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गरेको छ।