शीर्षकहरू

स्नो रिभर्सले आईपीओ निष्कासन गर्ने अनुमति पायो

स्नो रिभर्सले आईपीओ निष्कासन गर्ने अनुमति पायो

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्नो रिभर्सू लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएका छ। बोर्डले आइतबार कम्पनीलाई सार्वजनिक शेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न अनुमति दिएको हो।

बोर्डले दिएको स्वीकृति अनुसार स्नो रिभर्स लिमिटेडले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्ने जनाएको छ। यसका लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने छ। 

यस आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ। धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीले छिट्टै शेयर निष्कासनको समय तालिका सार्वजनिक गर्नेछ।