शीर्षकहरू

नेपाल लाइफको ‘एमडीआरटी अचिभर्स अवार्ड-२०२६’ सम्पन्न

नेपाल लाइफको ‘एमडीआरटी अचिभर्स अवार्ड-२०२६’ सम्पन्न

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी अचिभर्स अवार्ड–२०२६’ समारोह पोखरामा भव्य रूपमा सम्पन्न गरेको छ। माघ १३ देखि १५ गतेसम्म पोखरा ग्रान्डमा आयोजित कार्यक्रममा सन् २०२५ मा एमडीआरटी मापदण्ड पूरा गरेका ११० जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले दीप प्रज्वलन गरी गरेका थिए। सो अवसरमा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले अन्तर्राष्ट्रिय स्तरको एमडीआरटी मापदण्ड पूरा गर्न सफल अभिकर्ताहरूलाई बधाई दिँदै बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न आग्रह गरे। विश्व अर्थतन्त्रमा आएको मन्दीका बाबजुद पनि लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूको उनले प्रशंसा गरे।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफले जीवन बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै आगामी दिनमा बीमाको पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। कम्पनीको सफलतामा अभिकर्ताहरू नै मेरुदण्ड भएको भन्दै उनीहरूको सीप विकास र सशक्तीकरणमा कम्पनी संवेदनशील रहेको बताए।

कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले आगामी वर्ष अझ बढी संख्यामा एमडीआरटी अभिकर्ता उत्पादन गर्ने लक्ष्य रहेको बताए। पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ताहरूलाई सक्षम र प्रतिस्पर्धी रहेको टिप्पणी गरे।

तीन दिनसम्म चलेको कार्यक्रममा सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि समावेश गरिएको थियो। गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्री पंगेनीको गायन प्रस्तुति रहँदा कमेडियन सुबोध गौतम र प्रभात लामाले हास्य प्रस्तुति दिएका थिए। मोटिभेसनल स्पिकर सुगरिका केसीले अभिकर्ताहरूलाई उत्प्रेरणामूलक सम्बोधन गरेकी थिइन्।