शीर्षकहरू

सेयर बजारमा सामान्य सुधार, नेप्से २६९५.७३ विन्दुमा पुग्यो

सेयर बजारमा सामान्य सुधार, नेप्से २६९५.७३ विन्दुमा पुग्यो

काठमाडौँ । लगातार दुई दिनको ओरालोपछि सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५३ अंकले बढेर २,६९५.७३ विन्दुमा पुगेको छ, जुन ०.०५ प्रतिशतको वृद्धि हो।

आज होटल तथा पर्यटन समूहको उपसूचक १.७७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४५ प्रतिशत, विकास बैंक ०.७२ प्रतिशत, निर्जीवन बीमा ०.१९ प्रतिशत र व्यापार समूह ०.०२ प्रतिशतले बढेको छ। बाँकी सबै उपसूचक घटेका छन्।

हालको कारोबारमा ३३० कम्पनीका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा कुल ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हिजो ३२९ कम्पनीका २ करोड २० लाख कित्ता सेयर ९ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको थियो।

आजको कारोबारमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज र हिमस्टार उर्जा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बन्दीपुर केवल कार र सान्भी इनर्जीको शेयर मूल्य क्रमशः ९.९३ र ९.९४ प्रतिशतले बढेको छ। त्यस्तै मिथिला लघुवित्तको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ।

सोमबार ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ। १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

बजारमा कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा छ, जसको ४१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ।

null