शीर्षकहरू

हायात प्लेस बुटवलको भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

हायात प्लेस बुटवलको भ्यालेन्टाइन्स डे विशेष ‘रोमान्टिक एस्केप’ अफर

काठमाडौं। बुटवलको मुटुमा अवस्थित प्रिमियम होटल हायात प्लेस बुटवल ले भ्यालेन्टाइन्स डे (प्रेम दिवस) को अवसरमा जोडीहरूका लागि विशेष ‘रोमान्टिक एस्केप’ प्याकेज सार्वजनिक गरेको छ।

हिमालयको काखमा अवस्थित शान्त र मनोरम वातावरणमा प्रेमलाई अझ गहिरो बनाउने उद्देश्यसहित होटलले ‘एन इभिनिङ डेट लिङ्गर्स’ नामक आकर्षक अफर ल्याएको हो।

एक जोडीका लागि १४,९९९ (नेट) मा उपलब्ध यस प्याकेजले प्रेम दिवसलाई विलासी, रोमान्टिक र अविस्मरणीय बनाउने विश्वास होटल व्यवस्थापनले लिएको छ। शान्त वातावरण र स्तरीय आतिथ्य सेवाको खोजीमा रहेका जोडीहरूका लागि यो प्याकेज उत्कृष्ट रोजाइ बन्ने अपेक्षा गरिएको छ।

यस प्याकेजअन्तर्गत जोडीहरूले एक रातको बसाइ, बेडमै ब्रेकफास्ट, भव्य रोमान्टिक बुफे डिनर, दुई गिलास स्पार्कलिङ वाइन तथा विशेष सट्स को मज्जा लिन सक्नेछन्। साथै, ‘अनवाइन्ड टुगेदर’ अफरअन्तर्गत ६० वा ९० मिनेटको स्पा सेसन बुकिङ गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ, जसले जोडीहरूलाई सँगै रिल्याक्स र तरोताजा हुन सहयोग पुर्‍याउनेछ।

होटलमा १०९ वटा फराकिला कोठाहरू उपलब्ध छन्, जहाँबाट हरियाली जंगल र डाँडाकाँडाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। आधुनिक सुविधा र शान्त वातावरणको उत्कृष्ट संयोजन रहेको हायात प्लेस बुटवल, एकान्तमा समय बिताउन चाहने जोडीहरूका लागि उपयुक्त गन्तव्य बनेको छ।

भ्यालेन्टाइन्स डेको विशेष डिनर डेट का लागि होटलको जिङ बार मा अन्तर्राष्ट्रिय परिकार र स्थानीय स्वाद मिसिएका ककटेलहरूको आकर्षक सेलेक्सन उपलब्ध गराइनेछ। हायात प्लेस बुटवलका हेड सेफ उमेश तामाङ भन्छन्, “यस भ्यालेन्टाइन्स डे का लागि हामीले जोडीहरूलाई लक्षित गर्दै विशेष मेनु तयार गरेका छौँ। जिङ रेस्टुरेन्टको सांस्कृतिक र आकर्षक सजावटसँगै मौलिक स्वादको अनुभवले जोडीहरूबीचको सामीप्यता अझ गहिरो बनाउनेछ।”

होटल बाहिर पनि बुटवलको प्राकृतिक र सांस्कृतिक आकर्षणले जोडीहरूलाई लोभ्याउनेछ। मणिमुकुन्द सेन पार्क, जितगढी किल्ला, सिद्धबाबा मन्दिर र तिनाउ नदी किनार जस्ता स्थानहरूले बुटवललाई अझ रोमान्टिक बनाएका छन्।शान्त गोरेटो, साँझको हिँडाइ, स्पा अनुभव वा सहर घुम्ने रहर—हायात प्लेस बुटवलले भ्यालेन्टाइन्स डे लाई प्रेम, सम्बन्ध र साथको अविस्मरणीय उत्सव मा बदल्ने वाचा गरेको छ।

हायात प्लेस बुटवलले आधुनिक यात्रुहरूका लागि सहज, स्टाइलिस र चौबीसै घण्टा उपलब्ध सेवासहितको अनुभव प्रदान गर्दछ। होटलमा फराकिला गेस्टरुम, २४र७ मार्केट, अत्याधुनिक फिटनेस सेन्टर, आउटडोर स्विमिङ पुल तथा विवाह र माइस ९ःक्ष्ऋभ्० कार्यक्रमका लागि अत्याधुनिक बैंक्वेट सुविधाहरू उपलब्ध छन्।

शिकागोमा मुख्यालय रहेको हायात होटल्स कर्पोरेसन विश्वकै अग्रणी आतिथ्य सेवा प्रदायक कम्पनी हो। ३० सेप्टेम्बर २०२५ सम्मको तथ्यांकअनुसार हायातको पोर्टफोलियोमा ८२ देशमा फैलिएका १,४५० भन्दा बढी होटल तथा अल–इन्क्लुसिभ प्रोपर्टीहरू रहेका छन्।