काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका योगदानकर्तालाई दिने सुविधा थैली ७५ प्रतिशतले घटाएको छ । बोर्डको गत पुस २४ गतेको बैठकले स्वास्थ्य सुविधा थैली घटाएर २५ हजार कायम गरेको छ । परिवारको थपिएको प्रत्येक एक सदस्य बराबरको ५० हजार रुपैयाँ थप गर्ने निर्णय गरेको छ । यो निर्णय आगामी फागुन १ गते देखि लागू हुनेछ ।
बोर्डका अनुसार आठ प्रकारका कडाको रोगको विषयमा हाल कायम भएको रहेको निर्णय नै लागू हुने जनाएको छ । बीमित नागरिकको सेवा उपभोगलाई थप प्रभावकारी बनाउनुका साथै बोर्डको व्ययभार कम गर्ने उद्धेश्यले सुविधा थैली रकम घटाइएको बोर्डले जनाएको छ।
हालको व्यवस्था अनुसार बोर्डले १ लाख रुपैयाँसम्मको सुविधा प्रदान गर्दै आएको थियो । बोर्डले ५ जनाको परिवारलाई एउटा इकाई मानेको छ । एक इकाई बराबरमा ३ हजार ५०० रुपैयाँ योगदान रकम संकलन गर्दै आएको छ । परिवारमा ५ जना भन्दा बढी सदस्य भएमा प्रति सदस्य ४२५ रुपैयाँले दरले योगदान रकम थप गर्नुपर्नेछ । थपिएको परिवारको सदस्यले प्रति व्यक्ति २० हजार रुपैयाँ बराबरको सुविधा पाउने व्यवस्था थियो ।
आर्थिकन्यूज