न्यूयोर्क । मेटलाइफ इन्क लगातार सातौँ वर्ष फर्च्युन वर्ल्ड्स मोस्ट एडमायर्ड कम्पनीज™ सूचीमा सूचीकृत भएको छ। सन् २०२६ का लागि मेटलाइफले जीवन तथा स्वास्थ्य बीमा उद्योगमा पहिलो स्थान हासिल गरेको छ । यो सम्मानले वित्तीय सेवा क्षेत्रमा मेटलाइफको बलियो प्रतिष्ठा, निरन्तर प्रदर्शन र दीर्घकालीन नेतृत्वलाई प्रतिबिम्बित गर्दछ ।
“करिब १६० वर्षदेखि मेटलाइफले मानिसहरूलाई आत्मविश्वासका साथ अघि बढ्न सहयोग गर्दै आएको छ” मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले भन्नुभयो । “यो मान्यताले हाम्रो व्यवसायको मजबुती, हाम्रा सहकर्मीहरूको समर्पण तथा विश्वभरिका हाम्रा ग्राहक, सहकर्मी र समुदायका लागि मूल्य सिर्जना गर्ने हाम्रो अटल प्रतिबद्धतालाई झल्काउँछ ।”
फर्म्युन र कोर्न फेरीले २५ वर्षभन्दा बढी समयदेखि सहकार्य गर्दै फर्म्युन वर्ड्स मोस्ट एडमायर्ड कम्पनीज सूचीमार्फत कम्पनीहरूको कर्पोरेट प्रतिष्ठाको पहिचान र मूल्याङ्कन गर्दै आएका छन् । यसका लागि शीर्ष कार्यकारी, निर्देशक तथा वित्तीय समुदायका सदस्यहरूलाई आफ्नै उद्योगभित्रका कम्पनीहरूलाई नौवटा मापदण्डका आधारमा मूल्याङ्कन गर्न अनुरोध गरिन्छ । ती मापदण्डहरूमा नवीनता, दीर्घकालीन लगानी मूल्य, वित्तीय सुदृढता तथा प्रतिभा आकर्षित र कायम राख्ने क्षमता समावेश छन् ।
मेटलाइफलाई प्राप्त यो सम्मान सन् २०२५ मा १०औं स्थानमा रहँदै लगातार दोस्रो वर्ष फर्म्युन वर्ल्ड्स २५ बेस्ट वर्कप्लेसTM सूचीमा समावेश हुनुका साथै ३३ बजारमा ग्रेट प्लेस टु वर्क को प्रमाणपत्र प्राप्त गरेपछिको उपलब्धि हो । यी सबै उपलब्धिहरूले मेटलाइफको उद्देश्यप्रेरित र समावेशी कार्यसंस्कृति तथा आफ्ना कर्मचारी, ग्राहक र सेवा प्रदान गर्ने समुदायप्रति रहेको दृढ प्रतिबद्धतालाई उजागर गर्छन् ।
आर्थिकन्यूज