शीर्षकहरू

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिन खुला

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिन खुला

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओमा आवेदन दिने अवधि फागुन ८ गतेसम्म लम्बिएको छ। मागभन्दा बढी आवेदन परेमा भने कम्पनीले बिक्री अगावै बन्द गर्न सक्ने जनाएको छ।

कम्पनीले ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जसमा ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

भिमखोला साना जलविद्युत आयोजना (४.९६ मेगावाट) सञ्चालनमा रहेको कम्पनीलाई इक्रा नेपालले डबल बी रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ। आवेदन ग्लोबल आइएमई क्यापिटलसहित बागलुङ र आसपासका बैंक शाखाबाट दिन सकिनेछ।