काठमाडौँ। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई तथा स्वागत गरेको छ। परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकाससँगै समग्र आर्थिक विकासका लागि दुवै संस्थाबीच गहन सहकार्य आवश्यक रहेको बताए।
उनले स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै परिसंघले ‘मेक इन नेपाल’ स्वदेशी अभियान सञ्चालन गरिरहेको जानकारी दिए। परिसंघ र महिला उद्यमी महासंघबीच सहकार्यलाई थप सुदृढ बनाइने विश्वाससमेत उनले व्यक्त गरे।
सो अवसरमा महिला उद्यमी महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलता प्रवर्द्धनका लागि परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा सहकार्यका सम्भावित क्षेत्र र आगामी कार्यदिशाबारे छलफल भएको थियो।
कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो।
आर्थिकन्यूज