काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गर्दै नयाँ अफर सुरु गरेको छ।
नेपालका लागि बजाज मोटरसाइकलका आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक योजना ल्याएको हो। यस योजनाअनुसार १०० सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ग्राहकले ७ हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरु गर्ने जोडीका लागि यो अफर ल्याएका छौं। नयाँ सोच र संकल्पले जीवनलाई सहज बनाउने हाम्रो विश्वास छ।”
नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि, यो योजनाबाट सबै ग्राहकले लाभ लिन सक्ने निर्देशक गोल्छाले स्पष्ट पार्नुभयो।
कम्पनीका अनुसार, यो योजना माघ १५ बिहीबारदेखि नै लागू भएको छ।
आर्थिकन्यूज