शीर्षकहरू

एपोलो हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

एपोलो हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न माघ २० गते अनुमति प्रदान गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने योजना बनाएको छ। यसका लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धकको रुपमा कार्य गर्नेछ।

एपोलो हाइड्रोपावरले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गर्दै आएको छ।