काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा भएको वार्म अप खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। १४६ रनको लक्ष्य नेपालले दीपेन्द्रसिंह ऐरी )५०) र आरिफ शेख (६१) को अर्धशतकको मद्दतमा १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो।
यसअघि युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। नेपालका करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए। नेपालले दोस्रो वार्म अप खेल माघ २२ मा क्यानडासँग खेल्नेछ। समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा खेल्नेछ।
आर्थिकन्यूज