काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ–१३ चुनीखेल नयाँबस्तीमा मंगलबार राति आगलागी हुँदा २४ कोठा बराबरका टहरा नष्ट भएका छन्। घटनास्थलबाट ७ जनालाई उद्धार गरिएको छ।
२४ परिवार विस्थापित भएका छन् भने उनीहरुलाई नजिकैका टहरामा राखिएको छ। खाद्यान्न र लत्ताकपडा सहित राहत उपलब्ध गराउने तयारी भइरहेको छ। विद्युत् सटका कारण आगलागी भएको अनुमान गरिएको छ। क्षतिको विवरण आज मुचुल्का उठाएर एकिन गरिने वडाध्यक्ष टिकानारायण श्रेष्ठले जानकारी दिएका छन्।
आर्थिकन्यूज