शीर्षकहरू

कालिञ्चोक दर्शन लिमिटेडको नाफा १५२ प्रतिशतले वृद्धि

कालिञ्चोक दर्शन लिमिटेडको नाफा १५२ प्रतिशतले वृद्धि

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

पुस मसान्तसम्म कम्पनीले १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १५२.६८ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिसम्म कम्पनीको नाफा ४७ लाख ४६ हजार रुपैयाँ मात्र थियो।

आम्दानी बढेसँगै नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ करोड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानी २ करोड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ करोड २ लाख रुपैयाँबाट बढेर १ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको विवरणमा उल्लेख छ।