शीर्षकहरू

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको  आईपीओमा आवेदन दिने आज अन्तिम

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको  आईपीओमा आवेदन दिने आज अन्तिम

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको आईपीओमा आवेदन दिने आज (माघ २१ गते) अन्तिम दिन रहेको छ। कम्पनीले माघ १८ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट भइसकेको छ। सर्वसाधारणतर्फ कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित शेयर कटाएर बाँकी शेयर निष्काशन गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले मध्यम जोखिम रहेको संकेत गर्छ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन सक्नेछन्।