शीर्षकहरू

साढे १४ हजारले बढ्यो सुनको भाउ, कति पुग्यो ?

साढे १४ हजारले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । यस दिन सुनको भाउ तोलामा १४ हजार ४ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ थियो । आज बुधबार ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ । 

चाँदीको भाउ तोलामा २६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँ पुगेको छ ।