शीर्षकहरू

सुपरमाई हाइड्रोपावरद्वारा बोनस घोषणा

सुपरमाई हाइड्रोपावरद्वारा बोनस घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। माघ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा बोनस शेयर दिने निर्णय गरेको जनाएको छ। साथै, बैठकले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयसमेत गरेको छ।

बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि कम्पनीले गरेको छ। विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सोअनुसार लाभांश वितरण तथा हकप्रद शेयर निष्काशन गरिनेछ।