शीर्षकहरू

निर्वाचन आयोग र टिकटकबीच सहकार्य सम्झौता सम्पन्न

निर्वाचन आयोग र टिकटकबीच सहकार्य सम्झौता सम्पन्न

काठमाडाैं  । निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धन गर्न सहकार्य गर्ने सम्झौता भएको छ। बुधबार हस्ताक्षर भएको समझदारीपत्रमा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षर गरेका हुन्।

सम्झौता कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा सचिव कृष्णबहादुर राउतसहितका अधिकारीहरू उपस्थित थिए।