काठमाडौं । भविष्यलाई भाग्यमा होइन, बिमाले सुरक्षित गर्नुपर्छ८८ भन्ने जीवनदर्शनलाई आत्मसात् गर्दै दिल माया तामाङ नेपाली समाजमा वित्तीय साक्षरताको अभियानमा सक्रिय छिन्। बिमालाई विलासिता वा करकाप होइन, आर्थिक सुरक्षाको आधार मानेर उनी समाजका हरेक तहसम्म यसको महत्व पुर्याइरहेकी छन्।
सिन्धुलीको मरीन झाडीमा जन्मिएकी तामाङ आर्थिक र शैक्षिक चुनौतीबीच हुर्किइन्। कोभिड–१९ महामारीका बेला बिमा क्षेत्रमा प्रवेश गरेपछि उनले बिमालाई पारिवारिक जिम्मेवारी र प्रेमको प्रतीकका रूपमा बुझिन्। यही बुझाइले उनलाई बिमा अभियन्ता बनायो।
आज उनी गाउँदेखि सहरसम्म किसान, मजदुर, महिला र युवालाई सानो रकमबाट पनि बिमा सुरु गर्न सकिन्छ भन्ने सन्देश दिइरहेकी छन्। बिमा बेच्नु होइन, चेतना फैलाउनु उनको लक्ष्य हो। उनका अनुसार आत्मनिर्भर समाज निर्माणका लागि वित्तीय साक्षरता र बिमा अनिवार्य छन्।
आर्थिकन्यूज