काठमाडौं । बीमा क्षेत्रमा लामो अनुभव र सफल नेतृत्व क्षमता भएका कृष्ण कुमार श्रेष्ठ आईएमई लाइफ इन्स्योरेन्स कम्पनी मा एजेन्सी म्यानेजर का रूपमा पुनः प्रवेश गरेका छन्। यसअघि आईएमई लाइफकै धरान शाखामा शाखा प्रमुख (Branch Manager) को रूपमा कार्यरत श्रेष्ठ केही समयका लागी सन नेपाल इन्स्योरेन्स कम्पनीमा गएका थिए ।
आईएमई लाइफमा शाखा सञ्चालन, टिम व्यवस्थापन र व्यवसाय विस्तारमा प्रभावकारी भूमिका निर्वाह गरेका श्रेष्ठ त्यसपछि सन नेपाल लाइफ इन्स्योरेन्स मा ब्रान्च म्यानेजर (BM) का रूपमा काम गरे। विभिन्न संस्थामा हासिल गरेको नेतृत्व अनुभव र रणनीतिक क्षमताका आधारमा उनी् अब अझ व्यापक प्रभाव पार्ने भूमिकामा एजेन्सी संरचनामा आबद्ध भएका छन्।
कम्पनीका अनुसार ताहाचल शाखाबाट एजेन्सी म्यानेजरको भूमिकामा श्रेष्ठले अभिकर्ता निर्माण, नेतृत्व विकास, नेटवर्क विस्तार तथा दीर्घकालीन व्यवसाय रणनीतिमा प्रत्यक्ष नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ।
आईएमई लाइफले श्रेष्ठको अनुभव, कार्यक्षमता र परिणाममुखी नेतृत्वबाट एजेन्सी सञ्जाल सुदृढ हुने, व्यवसायीक वृद्धि तीव्र हुने तथा कम्पनीको दीर्घकालीन लक्ष्य प्राप्तिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
आर्थिकन्यूज