काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारीलाई डस्टबिनको फोहरबाट निकालिएको सुन अवैध रूपमा बाहिर लैजान खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थल सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत छन्। उनलाई विमानस्थल प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।
विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार राउतले विमानस्थलभित्रको डस्टबिनमा फालिएको फोहरबाट सुन निकालेर बाहिर लैजान खोजेको अवस्थामा शंका लागेपछि नियन्त्रणमा लिइएको थियो। फोहरको पोको स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ
आर्थिकन्यूज