पोखरा । लोकप्रिय स्ट्रिट रोडस्टर Royal Enfield Hunter 350 पोखरामा आधिकारिक रूपमा लन्च भएको छ। काठमाडौंमा सफल लन्च पछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।
BS VI Hunter 350 – 2025 Edition मा विश्वव्यापी शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइन समावेश गरिएको छ। कम्पनीका अनुसार यो मोटरसाइकल शहर र पहाडी दुवै सडकका लागि उपयुक्त छ।
मोटरसाइकलमा Slip Assist Clutch, १६० मिमि ग्राउन्ड क्लियरेन्स, Dual Channel ABS, LED हेडलाम्प, सुधारिएको सीट र Trip Navigator जस्ता सुविधा रहेका छन्। ३४९ cc J-series इन्जिनले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने कम्पनीको दाबी छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन्।
Royal Enfield का निर्देशक मेघ राज पौडेल भन्छन्, “पोखरा जस्तो पर्यटन र एड्भेन्चरले भरिएको शहरका लागि Hunter 350 उपयुक्त मोडेल हो। यहाँको शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छौँ। हामी गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा उत्साहित छौँ।”

Hunter 350 को मूल्य:
-
Dual Tone — रु ४,९९,९००
-
Single Tone — रु ४,९४,९००
पोखरा स्थित Royal Enfield शोरुममा टेस्ट–राइड र तत्काल डेलिभरी उपलब्ध रहेको छ।
आर्थिकन्यूज