काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा गरिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गर्ने सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।
१ अर्ब रुपैयाँ बराबरको यस योजनाअन्तर्गत प्रारम्भिक चरणमा बीज पूँजीसहित ५ करोड रुपैयाँ इकाई १० रुपैयाँ अंकित मूल्यमा निष्काशन हुनेछन्। न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस योजना खुलामुखी भएकाले परिपक्वता अवधि नहुने र निरन्तर सञ्चालन हुने बताइएको छ। इकाईहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नहुने भए पनि योजना व्यवस्थापकद्वारा सञ्चालन हुने अनलाइन प्रणालीमार्फत खरिद–बिक्री गर्न सकिने व्यवस्था मिलाइनेछ।
आर्थिकन्यूज