शीर्षकहरू

काठमाडौंमा पाँच बंगालादेशी नागरिक बन्धक, सात जना पक्राउ

काठमाडौंमा पाँच बंगालादेशी नागरिक बन्धक, सात जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा पाँच जना बंगालादेशी नागरिकलाई बन्धक बनाइएको अवस्थामा प्रहरीले फेला पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, बन्धक बनाइएका पाँच जना बंगालादेशी नागरिकलाई उद्धार गरिएको छ।

यस घटनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाँच जना बंगालादेशी, एक जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन्।