शीर्षकहरू

आइसिएफसी फाइनान्सलाई ५० करोडको ऋणपत्र निष्कासन अनुमति

आइसिएफसी फाइनान्सलाई ५० करोडको ऋणपत्र निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइसिएफसी फाइनान्स लिमिटेडलाई ५० करोड रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले कम्पनीलाई ७ वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘८% आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ जारी गर्न स्वीकृति दिएको हो।

स्वीकृतिअनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ५ लाख कित्ता ऋणपत्र निष्कासन गरिनेछ। तीमध्ये ३ लाख कित्ता निजी तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछन्।

उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिइएको छ।