शीर्षकहरू

थप तीन कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति

थप तीन कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति

काठमाडौं। पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा थप तीन कम्पनीले आईपीओ निष्कासनको अनुमति मागेका छन्। माघ २० गते होटल इच्छा लिमिटेड, एशियन ब्याट्रीज लिमिटेड र हुलास आइरन एण्ड इन्डस्ट्रीज लिमिटेडले बोर्डमा आवेदन पेश गरेका हुन्।

होटल इच्छा लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता शेयर निष्कासनको अनुमति मागेको छ। यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। होटल इच्छा बारा जिल्लाको सिमरामा रहेको एकमात्र पाँचतारे होटल हो।

त्यस्तै, एशियन ब्याट्रीज लिमिटेडले १३ करोड रुपैयाँ बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ। यस कम्पनीले सवारी साधन तथा सोलार प्रणालीमा प्रयोग हुने गुणस्तरीय लिड–एसिड ब्याट्री उत्पादन गर्दै आएको छ। आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा यस कम्पनीमा पनि हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

हुलास आइरन एण्ड इन्डस्ट्रीज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति मागेको छ। कम्पनीले प्रति कित्ता २२५ रुपैयाँमा ९७ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने योजना बनाएको छ। यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

ती कम्पनीमध्ये होटल इच्छा र एशियन ब्याट्रीजले प्रतिशेयर १०० रुपैयाँ मूल्यमा आईपीओ जारी गर्ने योजना बनाएको छ भने हुलास आइरनले प्रिमियम मूल्यमा शेयर निष्कासन गर्नेछ।