काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ। माघ १७ देखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो।
कम्पनीका अनुसार कार्यक्रममा सहभागीहरूलाई दोलखा जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसर पनि प्रदान गरिएको थियो।
सम्मेलनमा व्यवस्थापन टिम, विभाग प्रमुख र देशभरका शाखा व्यवस्थापकसहित जम्मा ७७ जना सहभागी थिए। यस अवसरमा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक प्रगति समीक्षा गरिएको थियो भने आगामी लक्ष्य हासिल गर्न आवश्यक रणनीति निर्माण र छलफल भएको थियो।
मुख्य आकर्षणको रूपमा, १०० प्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल ४८ शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो। कम्पनीका अनुसार यसले शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको छ।
त्यस्तै, कार्यक्रममा ग्राहक–केन्द्रित, प्रविधिमैत्री र सरल सेवा प्रदान गर्न आवश्यक प्रशासनिक सुधार र प्रक्रियालाई छिटो, पारदर्शी तथा सहज बनाउन समन्वयात्मक छलफल गरिएको थियो।
कम्पनीले आगामी दिनमा नवीनतम डिजिटल सेवाहरु विस्तार गर्ने, नियामकीय निर्देशनको पालना गर्ने र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै व्यवसायिक लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आर्थिकन्यूज