काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को गैँडाकोट कार्यालय बाट श्रीमती प्रन्जना श्रेष्ठ ले सन् २०२७ का लागि पहिलो MDRT (Million Dollar Round Table) हासिल गर्न सफल हुनुभएको छ।
बीमा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन, निरन्तरता र व्यवसायीक प्रतिबद्धताको प्रतीकका रूपमा मानिने MDRT उपलब्धि हासिल गर्दै श्रेष्ठले आईएमई लाइफ गैंडाकोट कार्यालयको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नुभएको छ।
कम्पनीका अनुसार MDRT उपलब्धि बीमा व्यवसायमा उत्कृष्टता, व्यावसायिक अनुशासन, नेतृत्व क्षमता र ग्राहक प्रतिको समर्पणको मापदण्ड हो। सन् २०२७ का लागि पहिलो MDRT बन्न सफल श्रेष्ठको यो उपलब्धिलाई कम्पनीले गर्वका रूपमा लिएको छ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख सि पि भट्टराईले श्रेष्ठलाई यस ऐतिहासिक उपलब्धिका लागि हार्दिक बधाई दिँदै आगामी दिनहरूमा पुनः COT र TOT उपाधि हासिल गर्दै अझ उच्च सफलता, प्रभाव र सम्मान प्राप्त गरी बीमा क्षेत्रमा प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन् ।
आर्थिकन्यूज