शीर्षकहरू

भदौ २४ को जेनजी आन्दोलनमा सिंहदरबारमा आगजनी आरोपमा एक पक्राउ

भदौ २४ को जेनजी आन्दोलनमा सिंहदरबारमा आगजनी आरोपमा एक पक्राउ

काठमाडौं । भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार पक्राउ पर्ने व्यक्ति चितवन खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतम हुन्। प्रहरीले उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव मुद्दामा ५ दिन हिरासतमा राख्ने अनुमति प्राप्त गरेको छ।

प्रहरीका अनुसार, गौतमले आन्दोलनको क्रममा सिंहदरबारको मुख्य गेट तोडेर भित्र प्रवेश गरी गृह मन्त्रालयसहित अन्य कार्यालयमा आगो लगाएको दावी गरिएको भिडिओमा देखिएको छ। घटनाको अनुसन्धान जारी छ र प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।