काठमाडौं । चालु आर्थिक बर्षको असोज महिनासम्ममा नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या २ करोड ७१ लाख ५१ हजार ७९१ पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार याे संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ११ लाख २० हजार ८०३ ले बढी हाे । गत आर्थिक वर्षको पुस मसान्तसम्म मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता २ करोड ६० लाख ३० हजार ९८८ रहेको थियो।
समग्र प्रयोगकर्तामध्ये नेपाल टेलिकमका ग्राहक १ करोड ५१ लाख ६० हजार ५१० रहेका छन्। जसमाथ्रीजीका प्रयोगकर्ता ७ लाख ४ हजार १६७ र फोरजी १ करोड ४४ लाख ५६ हजार ३४३ छन्। एनसेलका ग्राहक १ करोड २५ लाख ९५ हजार ११९ रहेका छन्, जसमा थ्रीजी ९१ हजार ३२९ र फोरजी १ करोड १८ लाख ९ हजार ९५२ छन्।
फोरजी सेवामा नेपाल टेलिकमले १ वर्षमा १३ लाख ७ हजार ५०९ ग्राहक थपेको छ। २०८१ मंसिर मसान्तमा टेलिकमका फोरजी ग्राहक १ करोड ३१ लाख ५७ हजार ८३४ थिए भने २०८२ पुस मसान्तमा १ करोड ४४ लाख ६५ हजार ३४३ पुगेको छ। एनसेलले भने फोरजीमा २ लाख ७२ हजार २८६ ग्राहक गुमाएको देखिएको छ।
थ्रीजीमा भने नेपाल टेलिकमले ७१ हजार ८६८ ग्राहक गुमाएको छ। हाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ७ लाख ४ हजार १६७ छन्। एनसेलले पनि ५६ हजार २९२ ग्राहक गुमाउँदै आफ्ना थ्रीजी प्रयोगकर्ता ९१ हजार ३२९ पुगेको छ।
समग्रमा एक वर्षमा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता बढेको देखिएको छ। नेपाल टेलिकमले थ्रीजीमा केही गुमाए पनि फोरजीमा वृद्धि गरेको छ भने एनसेलले थ्रीजी र फोरजी दुवैमा ग्राहक घटाएको छ।
आर्थिकन्यूज