शीर्षकहरू

निर्वाचन तोकिएकै दिन, एकै चरणमा हुने – प्रधानमन्त्री

निर्वाचन तोकिएकै दिन, एकै चरणमा हुने – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन तोकिएकै दिन, एकै चरणमा सम्पन्न हुने बताएकी छिन्र । बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ कार्यको अनुगमनको क्रममा निर्वाचन प्रक्रिया योजनाअनुसार नै अघि बढिरहेको पुष्टि गरिएको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन समयमा देशभरको मौसम अनुकूल रहने र सबै मतदाताले सहज र निर्बाध मतदान गर्न पाउने जानकारी दिइन्। निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सत्ता हस्तान्तरण गरिने र वर्तमान सरकारको जिम्मेवारी समाप्त हुने पनि उनले स्पष्ट गराइन्।

उनले निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान सुनिश्चित गर्न खेलेको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै आयोगप्रति आभार व्यक्त गरेकी छन्।