काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई ठूलो रकमसहित नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार जिल्ला उदयपुर घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने ४५ वर्षीय प्रबिन किसनलाई बुधबार बिहान ४:३० बजे चेकजाँच गर्दा उनको साथमा श्रोत नखुलेको रु १८ लाख ५० हजार रुपैयाँ फेला परेको हो।
उक्त रकमसहित उनलाई नियन्त्रणमा लिएर आन्तरिक राजस्व कार्यालय, हरिहरभवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
आर्थिकन्यूज