काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
गरिमा विकास बैंक लिमिटेडको ६ प्रतिशत र सुपर मादी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
गरिमा विकास बैंकको बोनस शेयरवापत ३४ लाख ८ हजार ३१९ दशमलव ४० कित्ता शेयर सूचीकृत भएको छ भने सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरवापत ११ लाख २ हजार ५०० कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
सूचीकृत यी शेयर आगामी आइतवारदेखि कारोबारयोग्य हुनेछन् । तर, सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा शेयर जम्मा भएपछि मात्र ती शेयर किनबेच गर्न सकिनेछ ।
आर्थिकन्यूज